साैराहामा मातातीर्थ औसीमा दृष्टिविहीन बालबालिकालाई भाेजन 

रत्ननगर । साैराहाका व्यवसायी गाेकर्ण गिरीले माता तीर्थ औसीकाे दिन बुधबार दृष्टिविहीन बालबालिकालाई भाेजन गराएका छन् । आफ्नी दिवंगत आमा मनरुपा गिरीकाे सम्झनामा गिरीले झुवानी माविका आश्रित ४० जना दृष्टिविहीन बालबालिकालाई भाेजन गराएका हुन् । साैराहा थकाली किचनका सञ्चालक गिरीले बालबालिकाहरुलाई हाेटलमै ल्याएर भाेजन गराएका हुन् । बालबालिकालाई साैराहाकाे अबलाेकन गराउदै हाेटलमा पर्यटक केन्द्रित खानाका परिकारहरु खुवाइएकाे गिरीले बताएका छन् । रेष्टुरेन्टमा पाइने खानाकाे परिकार बालबालिकालाई चखाउन भाेजन गराउने कार्यक्रम आयाेजना गरिएकाे उनले बताए । गिरीले बालबालिकालाई भाेजन सहित टीका लगायर दक्षिणा समेत दिएका छन् । गिरीले विगत तीन बर्ष देखि माता तीर्थ औसीमा बालबालिकालाई भाेजन गराउदै आएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker