कालिका नगरपालिकालाई तीन बर्ष भित्र बालमैत्री बनाउने घोषणा 

रत्ननगर । चितचवनको कालिका नगरपालिकालाई आगामी तीन बर्ष भित्र बालमैत्री नगर बनाउने घोषणा गरिएको छ । तीन बर्ष भित्र वालश्रमिकको संख्या शुल्यमा झारेर बालमैत्री सुचक पुरा गरी बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । वालमैत्री स्थानीय सासन लागु भएको सो नगरपालिकाले केही दिन अघि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा योजनाबद्ध रुपमा काम गरी तीन बजे भित्र पालिकालाई बालमैत्री बनाउने घोषणा गरिएको हो । बालमैत्री नगर घोषणाको लागि नगरभित्र रहेका बालश्रमिकहरुको पहिचान गरी उनीहरुलाई शिक्षा प्रदान गर्ने, अभिभावकको जीविकोपार्जनको आधार तयार गरिने मेयर रेग्मीले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीहरुलाई एउटै हलमा भेला गरी पालिकालाई २०८३ साल असोज महिलामा बालमैत्री घोषणा गर्ने गरी तयारी सुरु गरिएको उहाँको भनाई छ । वाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको सुनिश्चितता सहितको ५२ वटा सुचक पुरा गरेपछि पालिकालाई बालमैत्री घोषणा गर्न मिल्ने प्राबधान रहेको छ । नगरलाई बालश्रम मुक्त गरी बाल अधिकारको सुनिश्चितता सहित बालमैत्री घोषणा गर्ने कानुनी प्रबधान रहेको महिला विकास अधिकृत सम्झना ढकालले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षबाट बजेट विनियोजन गरी श्रमिक बालबालिकाको तथ्याङ्क संकलन गर्ने, पहिचान भएका बालबालिकालाई श्रममुक्त गरी शिक्षा प्रदान गर्ने, अभिभावकको आयआर्जनको लागि सहयोग गर्ने लगायतका कामहरु सिलसिलाबद्ध रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो । साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको सो पालिकाका पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायको बसोबास छ । शहरी विकासको प्रथम चरणमा रहेको सो नगरपालिकामा ठुलो बजार छैन् । सिछि, शक्तिखोर,जुटपानी, खोलेसिमल, पदमपुरमा मझौला प्रकारका बजारहरु रहेका छन् । अधिकाँस ग्रामिण क्षेत्र रहेको सो पालिकामा बालश्रमिकको संख्या ज्यादै न्यून रहेको अनुमान गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker