नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीलाई एम्बुलेन्स प्राप्त

रत्ननगर १६ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा बछौलीलाई एम्बुलेन्स प्राप्त भएको छ । विदेशी नागरिक रोबर्ट डण्कनले उपशाखा बछौलीलाई १० हजार युरो एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेका थिए । भने रत्ननगर वडा नम्वर ६ र बाघमारा मध्यवर्ती सामुदायिक वनको आर्थिक सहयोगमा एम्वुलेन्स खरिद गरेको उपशाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए । आज नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने र मन्त्री हरि पौडेलले उपशाखाका सभापति सुवास विडारी, निवर्तमान सभापति राममणि खनाललाई एम्वुलेन्स हस्तान्तरण गर्नु भएको थियो । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा रत्ननगर ६का वडा अध्यक्ष बलराम दाहाल, सदस्य किरण महत्तो ,केशरी सुनवार सहित उपशाखाका कार्य समिति सदस्यहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker