कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम

रत्ननगर, बैशाख १३ । चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ ।

बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । तालिमको बिहिवार एक कार्यक्रमका विच नगर प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बिनोद रेग्मीले ड्राइभिङ तालिमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि राम्रो अर्थोपार्जन गर्न सहयोग पुग्ने भन्दै उहाले महिलाहरुलाई उद्यम बन्न समेत अनुरोध गर्नुभयो ।

“हाम्रो समाजमा बेरोजगारीको संख्या धेरै ठूलो छ तर सीप सिकेका मानिसहरू खाली बस्नुपरेको छैन, सीप सिकेपछी स्वदेश बिदेश जहाँ गएपनी काम पाईन्छ, त्यही सोचले हामिले ड्राईभिङ तालीमको अवधारणा ल्याएका हौं” नगर प्रमुख रेग्मी भन्नुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिमला तामाङले सवारि चालक तालिम मार्फत नगरका ७० जना महिला र तिनका परिवार प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो ।
महिला लक्षित कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

उद्घाटन सत्रको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल, महिला बालबालिका शाखाका महिला विकाश निरिक्षक सविना श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

कालिका नगरपालिका र आरति मोटर ड्राइभिङ ईन्स्टिच्युटसँगको प्राविधिक सहकार्यमा हुने ड्राईभिङ तालिम १५ लिनसम्म चल्नेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker