
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९दाहाल–नेपाल० पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यतिप्रति लक्षित गर्दै उनले आदमखोर आन्दोलन गर्न चाहेको तर नेपालमा अब त्यो सम्भव नभएको बताएका छन्।
नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले भने, ‘उहाँ ९दाहाल० ले चिकेन चिल्ली खान खोज्या हो रु त्यसो त पक्कै होइन होला। उहाँ मांसाहारी मात्र होइन, आदमखोर आन्दोलन, मान्छे मार्ने आन्दोलन गर्न खोज्दै हुनुहुन्छ। म उहाँलाई भन्न चाहन्छु, अब नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन, कुनै धृष्टता नगर्नुहोला। हिजोको जमाना यो होइन। हिजो केपी ओली प्रधानमन्त्री थिएन, झुक्याइयो होला, झुक्याउन सफल हुनुभयो होला। जनतालाई सुन्दर सपना देखाएर अलमल्याउनुभयो होला। अब कोही अलमलिनेवाला छैनन्, त्यो कुरा बुझे हुन्छ।’ उनले अगाडि थपे, ‘आदमखोर आन्दोलन अब चल्न सक्दैन। त्यसकारण तपाईंले साग खानुको अर्को विकल्प छैन। अब सागै खानुपर्छ। अर्कोतिर नसोचे हुन्छ।’यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन हुने बताए। स्व। हेमनारायण यादवको १७औं स्मृतिसभालाई सोमबार सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएको मितिभन्दा एक दिन पनि पर नसर्ने ठोकुवा गरे। उनले भने, ‘प्रदेश २ मा वैशाख १७ गते नै चुनाव हुन्छ। चुनावको तयारीमा लागिहाल्नुस्।’ उनले चुनाव तयारीमा निर्वाचन आयोग लागेकाले वैशाखमा तोकिएको चुनाव कुनै पनि हालतमा पर नसर्ने बताए। देशविरुद्ध षड्यन्त्र गर्ने र भ्रष्ट तत्वलाई आगामी निर्वाचनबाट बिदा गर्नुपर्ने पनि उनले बताए।
प्रधानमन्त्री ओालीले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएको भन्दै चित्त दुखाए। ‘केपी ओली मधेसीविरोधी हो भनेर कानकानमा पुर्याएका होलान्। अत्यन्त प्रतिकूल समयमा पनि तराईमधेसले हामीलाई माया गर्यो,’ उनले भने, ‘हामीलाई राम्रो मत दिएर मधेसका जनताले जिताए। अहिले त तराईमधेस जागेको छ, जुरमुराएको छ। यहाँका बासिन्दाले देश बनाउने र बिगार्ने को हो भन्ने बुझिसकेका छन्। म तराईमधेसका जनतालाई सलाम भन्न चाहन्छु। यो मधेस २००७ साल, २००९ साल, २०१५ साललगायतका आन्दोलनमा हरदम सरिक भएको छ। यो मधेस आज फेरि जागेको छ, म प्रशंसा गर्न चाहन्छु।’
प्रधानमन्त्री ओलीले आफूले नै मधेसको विकास गर्ने बताए। ‘केपी ओलीले नै मधेस बनाउँछ, बाटो, ढल र सिँचाइ, अस्पताल, स्कुल सबै बनाउँछ। तराईमा सिँचाइ गर्न पहाड छेडेर सुनकोसी मरिन डाइभर्सन ल्याउँदैछौं। अब तुरुन्तै शिलान्यास हुँदैछ। निजगढमा ठूलो विमानस्थल बनाउँदैछौं। द्रुत मार्गको कामसमेत तीव्र गतिमा अघि बढिरहेको छ। मधेसको समग्र विकासका लागि यो सरकार प्रतिबद्ध छ।’ ओलीले हुलाकी राजमार्ग पनि छिट्टै सम्पन्न हुने बताए।
ओलीले मधेस अन्नको भण्डार भएको बताए। उनले भने, सिँचाइको भरपर्दो प्रबन्ध गर्ने हो भने अन्न आयात होइन, निर्यात गर्न सक्छौं।’ उनले आफू नेतृत्वको सरकार र पार्टीले नै देखि विकास गर्ने दाबी गर्दै भने, ‘हामी नवलपरासीमा ठूलो फलाम खानी स्थापना गर्दैछौं। अब हाम्रै देशमा रड, छड, औजार उपकरण उत्पादन हुन्छ। हामी कृषि मल कारखाना स्थापना गर्दैछौं। हामी दैलेखमा पेट्रोल डिजेल खानीको अध्यन सुरुवात गर्दैछौं। हामीलाई खपत हुने खपत गर्छौै, बाँकी निर्यात गर्छौं। चुनाव आउँदैछ, तपाईंहरू देशभक्तलाई जनादेश दिनुस्।’ ओलीले तीन वर्षदेखि सिथिल भएको पार्टी केही मानिस पाखा लागेपछि जुरमुराएको दाबी गरे।
