ओली र हामीलाई उस्तै भन्दा अन्याय हुन्छ : दाहाल

काठमाडौँ, २५ माघ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन्।

मिडिया एलाइन्सका प्रतिनिधिसँग शनिबार काठमाडौंमा भएको अन्तर्कियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। दाहालले प्रधानमन्त्री ओली लोकतन्त्रलाई कुल्चेर प्रतिगमन र सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरू लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा लागेको बताए।

उनले भने, ‘त्यसैले ओलीसँग हामीहरूलाई तुलना गरिए अन्याय हुन्छ।’ अध्यादेश जारी गर्नेदेखि संसद् विघटनसम्मका ओलीका कदमलाई ‘जंगली राज’ को सुरुवात भन्दै दाहालले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा० लगायतका दलसँग प्रतिनिनिधसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको बताए।

फागुन पहिलो साताभित्र संयुक्त आन्दोलनमा जाने विषयमा टुंगो लाग्ने भन्दै उनले अहिलेको परिस्थिति आउनुमा ओली नै दोषी रहेको बताए। उनले यस्तो अवस्था आउनुमा आफूहरूको पनि कमजोरी भए आत्मसमीक्षा गर्ने बताए। यो खबर आजको नागरिक दैनिकमा छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker