दाहालको सुरक्षामा पूर्वलडाकु

काठमाडौं । सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संखयामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा ९दाहाल नेपाल० समूहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।

दाहालको सुरक्षामा प्रकाशचन्द पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् ।सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएाा थिए । यसरी खटिएका पूर्वलडाकुको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ ।

यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालावला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगैं दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।

पूर्वलडाकुसमेत रहेका दाहाल नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगैं आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker