
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी सहायक विदेशमन्त्री वेन्डी शेर्मनसँग आज द्विपक्षीय टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्ध, कोरोना महामारीमा सहकार्यल जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको हो ।
सहायक विदेशमन्त्री शेर्मनले अमेरिकाले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा सहयोग बढाउने आश्वासन दिनुभएको छ ।
उहाँले अमेरिकाको सहकार्यमा नेपालमा बन्न गइरहेका केही महत्वपूर्ण आयोजनाले नेपाललाई समृद्धिको पथमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकाले अन्य राष्ट्रलाई कोरोना खोप वितरण गर्ने समयमा नेपाललाई पहिलो प्राथमिकतामा राख्न सहायक विदेशमन्त्री शेर्मनलाई मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।
उहाँलेले अमेरिकाले कोरोना संकटको समयमा गरेको सहयोगका लागि वार्ताका क्रममा धन्यवाद ज्ञापन गर्नुभयो ।
