कम्तिमा १ प्रतिशत बजेट खेलकुद क्षेत्रलाई छुट्याउन माग

काठमाडौं । नेपाल खेलकुद महासंघले कम्तिमा एक बजेट खेलकुद क्षेत्रका लागि छुट्याउन आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरिरहेका बेला महासंघले अर्थमन्त्री विष्णु पौडेललाई मागपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

महासंघले आज मन्त्री पौडेललाई २१ बुँदे मागपत्र बुझाएको महासंघका महासचिव मेघराज पौडेलले बताउनुभएको छ । महासंघले एसियन र ओलम्पिक खेलका पदक बिजेता खेलाडीलाई सरकारी निकायमा स्थायी रोजगारी, साफका पदक विजेतालाई दिइँदै आएको प्रोत्साहन भत्ता बृद्धि र रोजगारीको व्यवस्था गर्न समेत माग गरेको छ ।

महासंघले निजामती, प्रहरी, सेना र निगममा कर्मचारी पदपूर्ति गर्दा खेलकुद क्षेत्रको लागि छुट्टै कोटा तोक्न र शिक्षणसंस्थाहरुमा खेलकुद शिक्षकको अनिवार्य व्यवस्था गर्न माग गरेको छ ।

यस्तै महासंघले पुर्वाधार विकासका लागी आवश्यक बजेट बिनियोजन गर्न आग्रह गरेको महासचिव मेघराज पौडेलले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker