प्रकृया पुर्‍याउन जसपामा अध्यक्षद्धयलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक–अर्कालाई गरिएको कारबाहीका बिषयमा प्रक्रिया पुर्‍याउन आग्रह गरेको छ ।

हिजो दुवै अध्यक्षले एक–अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको थियो । तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पठाउन अध्यक्षद्धयलाई नै पत्राचार गरेको छ ।

आयोगले दुवै अध्यक्षले एक–अर्कालाई कारबाही गरिएको उल्लेख गरे पनि कारबाही पुष्टि हुने आधिकारिक कागजात र निर्णयको प्रतिनिधि नपठाएको जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker