विश्वकपको छनौटमा ब्राजिलको लगातार जित, इक्वेडर दुई शुन्य गोलले पराजित

विराटनगर । सन् २०२२ मा हुने विश्वकप फुटबलमा सहभागि हुने टीम छनौट गर्न जारी प्रतियोगितामा ब्राजिलले आफ्नो जितलाई कायम राखेको छ । दक्षिण अमेरिकन छनोटमा ब्राजिलले लगातार पाँचौं खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

नेपाली समय अनुशार बिहान सम्पन्न इक्वेडरसँगको खेलमा ब्राजिलले शुन्यका विरुद्ध दुई गोल गरेको छ । ब्राजिलको जितका लागि रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे ।

दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले यो जितसँगै १५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिना पाँच खेलबाट ११ अंकमा छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ ।

इक्वेडर ९ अकंका साथ समूहको तेस्रो स्थानमा रहेको भने चौथो स्थानमा रहेको पाराग्वे र पाँचौ स्थानमा रहेको उरुग्वेको समान ७–७ अंक छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker