
पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिनुभएको छ । सरकारको सल्लाहकारको भूमिकामा रहने मुख्य न्यायाधिवक्ता को पदमा रहनुभएका घिमिरेले गण्डकी प्रदेशको सरकार परिवर्तन भएसँगै राजिनामा दिनुभएको हो ।
एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीभएपछि घिमिरे मुख्य न्यायाधिवक्ता हुनुभएको थियो ।
गुरुङले प्रदेशसभामा विश्वासको मत गुमाएर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल बहुमतसहित गण्डकीको मुख्यमन्त्री नियुक्त भएपछि घिमिरेले राजिनामा दिनुभएको हो ।