
विराटनगर । मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लाहरुमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकोले बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही तराईका जिल्लाहरुमा मध्यम । बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साामान्य वर्षाको पूर्वानुमान गरेको हो ।
प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।