एमालेका वरिष्ठ नेता खनाल उपचारका लागि दिल्लि प्रस्थान : जानुअघि एमाले महासचिवलाई पार्टी मिलाउन आग्रह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि आज दिल्लि प्रस्थान गर्नुभएको छ । उहाँको दिल्लिस्थित एपोलो अस्पतालमा उपचार हुने छ ।

श्रीमती, छोरा र एक चिकित्सकसहित खनाल दिल्ली जानुभएको हो । केहीदिन अघिदेखि ज्वरो आउने, थकान लाग्ने र श्वासप्रस्वासलगायतका समस्या देखिएपछि नर्भिक अस्पताल काठमाडौं भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार नभएपछि थप उपचारका लागि दिल्लि लगिएको उहाँको सचिवालयले जनाएको छ ।

उपचारका लागि दिल्लि जानुअघि वरिष्ठ नेता खनालले नेकपा एमालेभित्रको विवाद मिलोस भन्ने चाहना ब्यक्त गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुग्नुभएका एमालेका महासचिव ईश्वर पोखरेललाई उहाँले पार्टीको विवाद मिलाउनका लागि भूमिका खेल्न आग्रह समेत गर्नुभएको छ ।

जवाफमा पोखरेलले उपचार गराएर निको भएर आएपछि छलफल गर्ने बताएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker