
काठमाडौं । युरो कप फुटबलमा फ्रान्स र हंगेरीले बराबरीमा खेल्दै अंक बाँडेका छन् । निकै रोमाञ्चक बनेको खेल एक /एक गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरे ।
तर, दोस्रो हाफमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याए । ग्रीजम्यानले खेलको ६६ औं मिनेटमा गरेको प्रहारले जाली चुमेको हो ।