
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेको कर्णाली प्रदेश कमिटीले दिएको भ्याकेटको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।
चार जना प्रदेशसभा सदस्यहरूको निलम्बनविरुद्ध जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै दायर भएको भ्याकेटको निवेदनमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले आज यस्तो आदेश गरेको हो।
अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश खारेज गर्न भने अस्वीकार गर्दै अन्तरिम आदेश खारेज गर्ने / नगर्ने विषयमा अर्को सुनुवाइमा निर्णय गर्ने भनिएको छ।
चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई यसबारे सूचना दिने निर्णय पनि इजलासले गरेको छ। सर्वोच्च अदाललते जेठ २७ कर्णाली प्रदेश सभाका चार जना एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो।