युरोकप फुटबल : क्रोएसियालाई रोक्दै स्पेन अन्तिम आठमा प्रवेश

विराटनगर । जारी युरोकप फुटबल अन्तर्गत गएराती सम्पन्न खेलमा क्रोएसियालाई रोक्दै स्पेन अन्तिम आठमा प्रवेश गरेको छ । गएराती कोपनहेगनमा भएको प्रि–क्वाटरको खेलमा स्पेनले क्रोएसियासँग ५–३ को जीत निकालेको हो ।

रोमाञ्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे।​क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो।

क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गर्न पुगे । खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए ।

५७ औं मिनेटमा अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २–१ गोलको अग्रता दिलाए। ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अग्रता दिलाए। ८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका अर्का परिवर्तित खेलाडी मारियोले गोल गर्दै खेललाई ३–३ को बराबरीमा फर्काए । निर्धारित ९० मिनेटको समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धेलिन पुग्यो ।

खेलको १०० औं र १ सय ३ औं मिनेटमा स्पेनले गोल गर्दै अन्तिम आठको स्थान सुरक्षित गरेको हो । अब स्पेनले सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker