कालिकामा वडा कार्यालय भवन उद्घाटन

रत्ननगर ।

चितवनको कालिका नगरपालिका वडा नं ७ को प्रशासनिक भवन शुक्रबार उद्घाटन गरिएको छ ।

विहीबार ११ नम्बरको वडा कार्यालय उद्घाटन गरेका मेयर खुमनारायण श्रेष्ठले शुक्रवार वडा नं ७ को वडा कार्यालय उद्घाटन गरेका हुन । सो अबसरमा उनले नगरपालिकाको लगानीमा वडा कार्यालयको भवन निर्माण गरेको बताए । आफु निर्वाचित भएर आउदा वडा नं ४ र वडा नं ६ को मात्र वडा कार्यालय भवन रहेको भन्दै पाँच बर्षको कार्यकालमा नौं वटा वडा कार्यालयको भवन निर्माण गरी सेवा सुरु गरेको बताए । नगरपालिकाको भवन निर्माण नगरी पहिलो बर्षबाटै वडा कार्यालयको भवन निर्माण सुरु गरिएको उनको भनाई छ । नगरवासीले वडामै सेवा पाउनु पर्छ भनेर नगरपालिकाको भवन नबनाई वडा कार्यालयको भवन निर्माण सुरु गरेका थियौं उनले भने पाँच बर्षको कार्यकालमा सबै वडाको भवन निर्माण गर्न सफल भएका छौं ।

सो नगरपालिकाले आफ्नै लगानीमा वडा नं १,२,३,५,७,८,९,१० र ११ को प्रशासनिक भवन निर्माण गरेको हो । मेयर श्रेष्ठले पाँच बर्षको कार्यकालमा पूर्वाधार तर्फ ६० प्रतिशत काम भएको बताए । सडक,खानेपानी आयोजना,विजुली,वडा कार्यालय,स्वास्थ्यचौकी,कल्भट,ढल निर्माण गरी ६० प्रतिशत काम भएको छ उनले भने अब ४० प्रतिशत मात्र काम बाँकी छ ।

वडा नं ७ का वडाध्यक्ष डिल्लीराम दुवाडीको अध्यक्षतमा भएको कार्यक्रममा उपमेयर कमला भट्टराई,प्रमुख प्रशासकीय अधिकृत निसान्त गौतम,जिल्ला समन्वय समितिकी सदस्य खिलाकुमारी सिंखडा,वडाध्यक्षहरु सोमबहादुर गुरुङ,इमप्रसाद अधिकारी,वडा सदस्य दीपकसिंह परियार,उमाकान्त सापकोटा लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker