चितवनका साहित्यकार पौडेलको ‘लय छुटेको समय’ विमोचन

चितवन । चितवनका साहित्यकार तथा डाक्टरर प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘लय छुटेको समय’ शनिबार विमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नवलपुरको गैंडाकोटमा आयोजना गरिएको कार्यक्रममा पुस्तक विमोचन गरेका हुन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका पौडलले कोरोना महामारीमा भोगेका विषयहरुलाई शब्दमा उतारेका छन् ।

‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखेको पुस्तक भएको र कोरोनाकालमा लेखेका केही डायरीहरुका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्याजस्ता विषय समेटिएको पौडेलले बताए ।
पुस्तकबारे चर्चा गर्दै समीक्षक एकनारायण पौडेलले निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरुसमेत रहेको बताए । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरु रहेको समीक्षक पौडेलले बताए । ‘पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरु अटाएको छ । डा. पौडेलको यसअघि निबन्धसंग्रह ‘कम्मरीदेखि कोभिड कहर’ र कवितासंग्रह ‘खुसीहरुको वनबास’ प्रकाशित भएका छन् ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker