ट्रेड युनियन कांग्रेस खैरहनीद्वारा स्थानीय स्तर कार्यसमिति विस्तार सम्बन्धि प्रशिक्षण

चितवन, साउन ७ । नेपाल ट्रेड युनियन कांग्रेस खैरहनीले कार्यकर्तालाई स्थानीय स्तर कार्यसमिति विस्तार सम्बन्धि प्रशिक्षण कार्यक्रम दिएको छ । रेडक्रस भवनमा आफ्ना कार्यकर्ताहरुलाई नेपाल ट्रेड युनियन कांग्रेस खैरहनीले प्रशिक्षण दिएको हो ।

नेपाली कांग्रेस खैरहनीका नगर सभापति गुणराज श्रेष्ठ प्रमुख अतिथी रहेको कार्यक्रममा वडा नं.८ का वडा अध्यक्ष शंकर कंडेल, नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव ध्रुव पोखरेल, नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि धन बहादुर गुरुङ, राजेन्द्र बुर्लाकोटी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाल ट्रेड युनियन राप्ति नगरपालिकाका अध्यक्ष गुणराज थपलिया लगाएतले मन्तव्य राखेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सिता शर्मा ढकालले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker