भण्डारामा रेवा इन्टरनेशनल एकेडेमी सञ्चालन

चितवन, भदौ ९ । राप्ती नगरपालिकाको भण्डारामा रेवा इन्टरनेशनल एकेडेमी (कन्सलटेन्सी) सञ्चालनमा आएको छ । विगत ६ वर्षदेखी पूर्वी चितवनको पर्सामा मुख्य कार्यालय रहेको एकेडेमीको तेस्रो शाखा भण्डारामा बिस्तार गरिएको छ । एकेडेमीको दोस्रो शाखा भने मकवानपुरको मनहरी बजारमा रहेको छ ।

उक्त एकेडेमीको बिहीवार एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिकाका निवर्तमान उपमेयर इमानसिंह लामाले उद्धघाटन गरेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि जापान र रसिया जाने विद्यार्थीहरुको सहजताका लागि आफ्नै क्षेत्र राप्तीको भण्डारामा रेवा इन्टरनेशनल एकेडेमी सञ्चालनमा ल्याएको सञ्चालक गोकर्ण अर्यालले जानकारी दिए । अहिलेसम्म धेरै विद्यार्थी जापान र रसिया गइसकेको उनले बताए ।

उनले भने, ‘यस अघि जापानिज भाषा कक्षा तथा परामर्श लिन विद्यार्थीहरु नारायणगढ नै धाउनु पर्ने बाध्यता थियो, अब त्यो बाध्यतालाई अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

उक्त एकेडेमीमा गुणस्तरमा निकै फरक र भिसा रिजेक्ट नहुने गरि पढाई हुने गरेको सञ्चालक अर्यालले बताए । ९० देखि ९५ प्रतिशत सम्म जापानको सिओई आउने तथा भिसा लाग्ने गरेको उनको भनाइ थियो । आफू विगत ६ बर्ष देखि विद्यार्थी जापान पठाएको र अहिले सम्म कुनै गुनासो नआएको अर्यालले बताएका छन् ।

कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सिताराम बल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, महासचिव परशुराम पाठक, राप्ती जेसिजकी अध्यक्ष विन्दु सिञ्जाली लगाएतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker