बजार तथा ट्राफिक व्यवस्थापन समितिको बैठक सम्पन्न

रत्ननगर, भदौ १२ । रत्ननगर नगरपालिका बजार तथा ट्राफिक व्यवस्थापन समितिको बैठक आइतवार सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले रत्ननगरमा उपलव्ध साधन स्रोतको उचित व्यवस्थापन हुन नसकेको स्वीकारेका छन् ।

बजार व्यवस्थापनको सबैभन्दा ठूलो समस्या सवारी साधनको पार्किङ्ग रहेको उनले बताए । टोल विकास संस्थाका अध्यक्ष, ट्राफिक प्रहरी, नगर प्रहरी, बजार व्यवस्थापन समितिका अध्यक्षहरुले सवारी साधन पार्किङ्गमा सहयोग पुर्याएमा बजार व्यवस्थित र दुर्घटना कम हुने उनको भनाई छ ।

रत्ननगरका भित्रि बाटोहरु कतिपय एक तर्फि सवारीसाधन चलाउने गरी तथा अत्याधिक भारबहन क्षमताका गाडीहरु निषेध गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

उनले भने, “रत्ननगरका मुख्य मुख्य चोकहरुमा अत्याधुनिक प्रविधिका सिसि क्यामेरा जडान गरी दुर्घटना न्यूनीकरण गर्न प्रहरीलाई सहयोग पुर्याउनु हो ।”

टोल विकासका प्रमुखहरु बजार व्यवस्थापनमा दरिलो रुपमा नगरपालिकालाई साथ दिन आवश्यक रहेको उनले बताए ।
रत्ननगरमा रहेका अटो, म्याजिक, ई–रिक्सा लगाएत सवारी साधनहरु रत्ननगर बसपार्कको उपभोग गर्दै सञ्चालन हुनुपर्ने उपप्रमुख यादव पाठकले बताए । बैठकका सभापति समेत रहेका पाठकले बजार व्यवस्थापनलाई कार्यान्यवयन गर्न जरिवाना सम्मको कदम चाल्न नगरपालिका बाध्य हुने तर्फ सचेत गराएकाछन् ।

रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले उद्योग वाणिज्य संघको काम कार्यकारी नभएर समन्वयकारी भएकाले आफुहरु नगर व्यवस्थित गर्न नगरपालिकासंग हातेमाले गर्न सधै तयार रहेको बताए ।

बैठकमा प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदी, ट्राफिक कार्यालय रत्ननगरका प्रमुख कृष्ण ठकुरी, रत्ननगर वडा नं.१ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा, ७ का वडा अध्यक्ष सजना महतो, १० का वडा अध्यक्ष कलाधर पौडेल, बजार व्यवस्थापन समितिका सदस्यहरु राम रिमाल, रमा भट्टराई, लेख बहादुर तामाङ, मिलन महतो, ईन्द्र प्रसाद पन्त, अस्पताल रोडका अध्यक्ष प्रताप डल्लाकोटी, बुद्ध टोल विकास संस्थाका अध्यक्ष गुरु प्रसाद अधिकारी, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष श्याम कुमार प्रधान, चेतना टोल विकास संस्थाका अध्यक्ष डोल कृष्ण सुवेदी, पूर्वी चितवन यातायात प्रा.लिका अध्यक्ष खड्कराम मगर, दुरसञ्चार टोलका दिपक रायमाझी, कल्याण टोल विकास संस्थाका केशव प्रसाद रिजाल, नमुना टोल विकास संस्थाकी अनिता ढकाल, सार्वजनिक ओमशान्ति प्रा.लिका टिकाराम तामाङ, बकुलहर टोल विकास संस्थाका खड्क वहादुर श्रेष्ठ, सृजना टोल विकास संस्थाका तिलक पौडेल, तेजेन्द्र लामिछाने, रत्ननगर टोल विकास संस्थाका गणेश पौडेल, ब्रम्ह्स्थान टोल विकास संस्थाका युवराज आचार्य, एकता टोल विकास संस्थाकी चन्द्रीका महत केसी लगायतको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker