लुम्बिनी बिकास बैंकको मेहेन्दी कार्यक्रम, महिलाहरुको उल्लेख्य सहभागीता

१३ भाद्र, सोमबार
रत्ननगर, चितवन
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा लुम्बिनी बिकास बैंक टाँडी शाखाले चेलीवेटीहरुको लागि मेहेन्दी लगाउने कार्यक्रम आयोजना गरेको हो । कार्यालय परिसरमा आज सोमबार आयोजित कार्यक्रममा महिलाहरुको रुचिपुर्वक उत्साहजनक सहभागीता रहेको शाखा प्रवन्धक सन्तोष श्रेष्ठले जानकारी दिएका छन । तीजमा लगाईने मेहेन्दीको सामाजिक एवं सांस्कृतिक महत्व रहनुका साथै नारीहरुको भावना संग गहिरो सम्वन्ध रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृति जगेर्नाको अभिप्रायले कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।
लुम्बिनी बिकास बैंकले देशभरी ८६ बटा शाखा संजाल मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker