सिद्दी छात्रावासका बिद्यार्थीलाई भोजन

कालिका नगरपालिका १० मा रहेको सिद्दी छात्रावासमा रहेका ४२ बिद्यार्थीलाई भोजन गराईएको छ।
कालिका नगरपालिकाका ब्यवसायी धिरज जङ्ग रायमाझी र उहाँको श्रीमती तनुजा रायमाझीको जन्मदिनको अवसरमा सुनौलो किरण संस्थाद्वारा संचालित उक्त छात्रावासलाई खाना खुवाईएको हो।
सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै जन्मदिनको पुनित अवसरमा फजुल खर्च गरेर मनाउन भन्दा छात्रावासमा आश्रय लिएर बसेका बालबालिकालाई खाना खुवाउन पाउँदा आफुहरु खुसी भएको रायमाझी दम्पतीले बताएका छन।
सिद्दिका भरत चेपाङ्गद्वारा संचालित उक्त छात्रावासमा २२ छात्र र २० छात्राले आश्रय लिएर अध्ययन गरिरहेका छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker