रत्ननगर खानेपानीद्धारा पानी सुरक्षाको लागि अनुगमन

रत्ननगर खानेपानीद्धारा पानी सुरक्षाको लागि अनुगमन

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी सुरक्षाका लागि सोमबार स्थलगत अनुगमन गरेको छ । खानेपानी सुरक्षा समितिले आयोजना गरेको कार्यक्रममा खानेपानीको मुहान र खानेपानीको ट्याङ्कीको अबस्थाका विषयमा अनुगमन गरिएको हो । अनुगमन टोलीले मुहान र ट्याङ्कीको सरसफाई, पाइपलाइन विस्तार र पानी चुहावटको विषयमा अनुगमन गरी सुधार गर्नुपर्ने विषयका बारेमा अन्र्तक्रिया समेत गरेको संस्थाकी कोषाध्यक्ष तथा खानेपानी सुरक्षा समितिकी संयोजक सरस्वती लामाले जानकारी दिइन ।

संस्थाका अध्यक्ष माधव अर्याल,उपाध्यक्ष कृष्णप्रसाद सापकोटा सहित कार्यसमिति सदस्य,वडा संयोजक तथा लेखा समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो । खानेपानीका इन्जिनियर ज्ञानप्रकास पौडेलले ८० प्रतिशत रोग खानेपानीकै कारणले लाग्ने भएकाले पानीको शुद्धतालाई ध्यानमा राखिएका बताए । त्यसका लागि मुहान र ट्याङकीको सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष अर्यालले मुहान देखि उपभोक्ताको मुख सम्म शुद्ध पानी पु¥याउने योजनाका साथ संस्थाले सरसफाईमा ध्यान केन्द्रीत गरेको बताए । रत्ननगरको वडा नं १,२,३,४,५,८,९,१०,११,१२ र १३ मा खानेपानी वितरण गरेको सो संस्थाको ११ हजार ७०० उपभोक्ता रहेका छन् । तीन वटा ओभरहेड ट्याङ्की र एउटा अण्डरग्राउण्ड ट्याङ्की रहेको सो संस्थाबाट दैनिक ५४ लाख लिटर पानी खपत हुँदै आएको व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker