खैरहनीको सुल्तानामा पल्सर १२५ एन एस माईलेज च्यामपियन कन्टेष्ट, मा.प.से चेक

चितवन, पुस १३ । बजाजले माईलेज, पर्फमेन्स र सेफ्टी (मा.प.से.) चेक भन्ने कन्सेप्ट ल्याएर पल्सर १२५ एन एस माईलेज च्यामपियन कन्टेष्ट गर्न लागेको छ ।

बजाज मोटरसाईकलको आधिकारिक विक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनी प्रा.लि को आधिकारिक डिलर पूर्वी चितवनको पर्सा बजारमा रहेको आर्शिवाद अटोमोबाईल्स प्रा.लि ले भोली पुस १४ गते खैरहनी नगरपालिका ७ सुल्तानामा पल्सर १२५ एन एस माईलेज च्यामपियन कन्टेष्ट गर्न लागेको बुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको हो ।

पल्सर १२५ एन एस मोटरसाईकल धेरै माईलेज दिने, पर्फमेन्स, सेफ्टी, वातावरण मैत्री र सुरक्षित भएका कारणले ग्राहकको रोजाईमा पर्न सफल भएको आर्शिवाद अटोमोबाईल्स प्रा.लिका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।

यस मोटरसाईकलको बारेमा ग्राहकहरुले अभैm धेरै थाहाँ पाईनसकेको, माईलेज कति दिन्छ ? पर्फमेन्स कस्तो छ ? सेफ्टी फ्युचर कस्तो छ ? माईलेज च्यामपियन कन्टेष्टमा जानकारी दिने चौधरीको भनाईछ ।

कसरी माईलेज राम्रो निकाल्ने, राम्रो पर्फमेन्स कसरी दिन्छ र कसरी सुरक्षित तरिकाले मोटरसाईकल चलाउने बिषयमा यो मा.प.से.चेकमा ग्राहक वर्गलाई जानकारी दिईने एरिया सर्भिस म्यानेजर प्रकाशबाबु श्रेष्ठले बताए ।

पल्सर १२५ एन एस मोटरसाईकलमा माईलेज नाप्ने टुल्सको प्रयोग गरि १०० एम.एल को पेट्रोल हालेर ग्राहकलाई चौरमा चलाउन लगाईने छ । सहभागी मध्यबाट प्रथम, द्धितीय र तृतीय भएका बिजेताहरुलाई आकर्षक पुरस्कारका साथै ट्रफी उपलब्ध गराईने रिजनल अफिसर सेल्स बिजय कुमार सिंहले जानकारी दिए ।

माईलेज च्याम्पियनमा १०० भन्दा धेरै ग्राहकहरुले भाग लिने छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker