सौराहाका व्यवसायीद्धारा एसपी र डिएसपीलाई विदाई

रत्ननगर । सौराहाका व्यवसायीहरुले जिल्लाबाट सरुवा भएका प्रहरी प्रमुख एसपी नबराज अधिकारी र डिएसपी रविनबाबु रेग्मीलाई विदाई गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहाले एक औपचारिक कार्यक्रमको आयोजना गरी एसपी अधिकारी र इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रेग्मीलाई विदाई गरेका हुन । कार्यक्रममा व्यवासायीहरुले एसपी अधिकारी र डिएसपी रेग्मीले सौराहाको पर्यटन विकास र शान्तिसुरक्षाको लागि गरेको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्र सुरक्षाको हिसावले संवेदनशिल क्षेत्र रहेकाले जिल्लाका प्रहरी प्रमुखले सुरक्षाका लागि खेलेको भूमिका अहम रहेको स्मरण गरिएको थियो । कार्यक्रममा सौराहा फुड फेस्टिबलका संयोजक तथा सौराहाका स्थापित व्यवसायी ध्रुव गिरी र रेवान सौराहाका अध्यक्ष नरेश गिरीले समग्र सौराहाको पर्यटन र फूड फेस्टिवलका विषयमा सुरक्षा अंग र व्यवसायीले खेल्नु भूमिकाको बारेमा बोलेका थिए । कार्यक्रममा प्रहरी प्रमुख अधिकारीले सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य रहेकाले यसको सुरक्षामा कम आउन दिन नहुँने तर्क गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker