जन्मदिनमा खाद्य सामग्री वितरण

रत्ननगर , बैशाख १३ ।
लायन्स क्लब अफ चितवन टाइगरले खाद्य सामग्री वितरण गरेको छ। रत्ननगर १३ अमिलियामा रहेको असहाय वृद्ध कल्याण समाजमा क्लबले बुधबार खाद्य सामग्री वितरण गरेको हो । क्लबका कोषाध्यक्ष कृष्ण प्रसाद आचार्यको धर्मपत्नी राधिका आचार्यको जन्मदिन तथा छोरी ज्वाँई सृजना पौडेल र विमल पौडेलको बैवाहीक बर्षगाठको अवसरमा खाद्य सामग्री वितरण गरिएको हो । कोषाध्यक्ष आचार्यले उपलब्ध गराएको १० हजार बराबरको खाद्य सामग्री वृद्ध कल्याण समाजलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष ओमलाल सापकोटाले बताए । कार्यक्रममा लायन्स क्लबका निरज श्रेष्ठ , दिपेन्द्र खतिवडा ,मिना पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम क्लब का दित्तिय उपाध्यक्ष गोकुल पराजुलीले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker