रत्ननगरका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगर, बैशाख २९ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद चिकित्सा पद्दती सम्बन्धी प्रशिक्षण दिइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले खानपान र मानिसको जीवनशैलिका कारण स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखा पर्ने गरेको बताए । आयुर्वेद औषधि प्रति जनमानसमा अझै बुझाउन आवश्यक रहेको उनले बताए ।

 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका निर्देशक डा. सुरेश महर्जनले आयुर्वेद उपचार पद्धति मात्रै नभई जीउने कला समेत रहेको बताए । नसर्ने रोगको फैलावटलाई नियन्त्रण गर्न आयुर्वेदले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

 

रत्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले विभिन्न रोगहरु लाग्न नदिन नगर स्वास्थ्य शाखाले शुरुवाति चरणबाटै औषधी उपचार गरिरहेको बताए । आयुर्वेद मात्रै नभएर मानिसले आफ्नो रहनसहन, खानपिन, शारिरीक व्यायाममा पनि सुधार गर्नुपर्नेमा जोड दिए । बजारका खानेकुरा, तरकारी बालिमा हालेको विषदिकाका कारण स्वास्थमा नकारात्मक असर गरिरहेको उनले बताए ।

 

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.कोपिला अधिकारी, आयुर्वेद चिकित्सकहरु डा.देवेन्द्र यादब, डा.खेमराज तिमिल्सिनाले आयुर्वेद उपचार पद्दती र महत्वको बारेमा प्रशिक्षण दिएका थिए ।

सो अबसरमा केन्द्र प्रमुख अधिकारीले महिला स्वास्थ्य स्वमंसेविका मार्फत आयुर्वेद चिकित्सा पद्दतीलाई विस्तार गर्दै विश्वासनीय बनाउने बताइन् । ग्रामिण क्षेत्रमा आयुर्वेद सेवा विस्तार गर्न सके सरकारी उद्देश्य पुरा हुने उनको भनाई छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ की सदस्य बिन्दु मगराति लगायत महिला स्वास्थ्य स्वयंमसेविकाहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker