चेपाङ्ग छात्राबासमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

१ जेष्ठ २०८०
चितवन ।

विष्णु बिमला फाउण्डेसन, वीरेन्द्रनगर, सुर्खेतद्धारा आज चितवन जिल्ला कालिका नगरपालिका, वडा नं ९ स्थित चेपाङ्ग छात्राबासमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।


कालिका नगरपालिका, चितवनका विकट क्षेत्रहरुमा बसोबास गरि आएका विपन्न चेपाङ्ग जातिका छात्रछात्राहरुलाई आवासिय रुपमा चेपाङ्ग छात्राबासमा राखि चतुर्मुखी माध्यमिक विद्यालय, कालिका(९ मा अध्ययनको व्यवस्था मिलाउँदै आइएकोमा उक्त छात्राबासमा रहेका चेपाङ्ग छात्रछात्राहरुलाई सो फाउण्डेसनले लेख्ने कापी लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । कालिका नगरपालिकाका नगर उपप्रमुख श्री विमला लामा तमाङ्ग प्रमुख अतिथि तथा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री केशवप्रसाद उपाध्याय विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रममा चतुर्मुखी माविका प्रधानाध्यापक तथा चेपाङ्ग छात्राबास व्यवस्थापन समितिका सदस्यसचिव श्री चन्द्र बहादुर गुरुङ्ग, कालिका नगरपालिका, वडा नं ९ का वडा अध्यक्ष श्री निलकण्ठ मगर, चतुर्मुखी माविका सहायक प्रधानाध्यापक श्री पुर्ण पुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


वीरेन्द्रनगर, सुर्खेतमा मुख्य कार्यालय रही शिक्षा क्षेत्रमा कार्यरत संस्था विष्णु बिमला फाउण्डेसनका प्रतिनिधि एवं कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री केशवप्रसाद उपाध्यायले फाउण्डेसनले स्थापना कालदेखि नै शिक्षा क्षेत्रमा विभिन्न प्रकारका सरसहयोग गर्दै आएको र चेपाङ्ग छात्राबासको लागि आगामी दिनमा समेत सहयोग गर्ने र यसबाट अध्ययन सामग्रीको अभावमा पठनपाठनमा समस्या भएका विद्यार्थीहरुलाई थोरै भए पनि राहत हुने र सहयोगको भावनाबाट अरुलाई समेत अभिप्रेरित गर्ने उद्धेश्य रहेको बताउनु भएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका नगर उपप्रमुख विमला लामा तामाङ्गले कालिका नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै शिक्षा क्षेत्रलाई विशेष महत्व दिएको र चेपाङ छात्राबास सञ्चालन र व्यवस्थापनको कार्य आफ्नो वार्षिक योजना राखेको र आगामी दिनमा पालिकाको समग्र शैक्षिक विकासमा अझ सुदृढ योजना ल्याउने कुरा बताउनु भएको थियो ।
कार्यक्रम चेपाङ छात्राबास व्यवस्थापन समितिका सदस्यसचिव एवं चतुर्मुखी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री चन्द्र बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker