रत्ननगरमा बचत तथा ऋण सहकारी सञ्जाल गठन

रत्ननगर । रत्ननगर नगरपालिका स्तरीय बचत तथा ऋण सहकारी सञ्जाल गठन गरिएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको भेलाले दण्डपाणि लामिछाने संयोजक रहेको सात सदस्यीय सञ्जाल गठन गरिएको हो ।

सञ्जालको सदस्यहरुमा सम्झना घिमिरे, सावित्री कुमारी आचार्य, मीना बुढाथोकी, शोभा ओली, भरत ढकाल र इन्दु सुवेदी चयन भएको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव ऋतु गिरीले जानकारी दिइन् ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला सहकारीलाई विधि र प्रविधिमैत्री बनाउदै शेयर सदस्यको बचत रकमको सूरक्षाको लागि सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण आवश्यक रहेको बताईन् ।

संघका सचिव सुदिप रेग्मी स्थानीय सरकारसंग सहकार्य गरि बचत रकमको सुरक्षणको लागि सञ्जालले काम गर्नु पर्ने बताए ।

संघका कोषाध्पक्ष गोविन्द भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा सहसचिव ऋतु गिरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker