खैरहनीका जनप्रतिनिधिको एक बर्षः अपाङ्गमैत्री बाटो, तटबन्धन देखी शिक्षा र सिपमुलक तालिममा जोड

चितवन , ८ जेठ ।
खैरहनी नगरपालिकाका जनप्रतिनिधिले कार्यकालको पहिलो बर्ष नगर गौरव योजनाको रुपमा रहेको अपाङ्मैत्री बाटो ,खोलामा तटबन्धन, शिक्षा , स्वास्थ्य लगायत सिपमुलक तालिमलाई प्राथमिकता दिएका छन् । खैरहनी नगरपालिकामा २०७९ मा निर्वाचित भएका जनप्रतिनिधिले पदवहाली भएको एक बर्षको कार्यप्रगती विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले नगरभित्र विभिन्न नौं वटा नाला सहितको अपाङ्गमैत्री बाटोहरु निर्माण भइरहेको बताए । नगर विकास गर्न टुक्रे योजनाभन्दा ठूला ठूला योजना अगाडी बढाउनुपर्ने सोच अनुरुप कार्यकालको पहिलो बर्ष नै नगरकै गौरवको रुपमा ल्याइको योजनाको काम धमाधम भइरहेको नगर प्रमुख खनियाँले बताए । खैरहनी नगरपालिकाको समस्याको रुपमा रहेको बाढी तथा कटान नियन्त्रणको लागि प्रदेश तथा संघसँगको समन्वयमा कयर , लदरा , च्यात्रा , ढुङ्ग्रे खोलामा करोडा रकमंको तटबन्धनको काम भइरहेको उनले बताए । त्यस्तै दुईबर्षदेखी पिच हुन नसकेको बाटोहरु बिच गरिएको , खैरहनीको मुख्यबजार पर्सा बजारको चोकमा हाई मास्ट लाइट जडान गरिएको , विभिन्न बाटोहरु रिपिचिङ गरिएको छ ।


उनले शिक्षाको गुणस्तरमा सुधार ल्याउन खैरहनी नगरभित्रका सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि निशुल्क अतिरिक्त कक्षा संचालन गरेको , अति विपन्नलाई खानाको व्यवस्था गरेको , स्नातक तहमा अध्ययन गर्ने थारु , दलित , अल्पसंख्यक , विपन्न छात्राहरुलाई नगरपालिकाले छात्रावृत्तिको दिएर निशुल्क अध्ययन गराएको , सामुदायिक विद्यालयमा पाठ्यपुस्तक एकै किसिमको बनाउने तयारी गरेको ,कार्यविधि नै तयार गरेर शिक्षकहरुको दरबन्दी मिलान गर्दै ९१ जना शिक्षकको सरुवा गरेको लागयतको उल्लेखनिय काम भएको बताए ।
स्वास्थ्यको क्षेत्रमा खैरहनी नगरअस्पतालको आफ्नै एम्बुलेन्स सेवा संचालनमा ल्याएको , अस्पतालमा प्रसुती रोग बहिरिङ्ग सेवा ,हप्ताको दुईदिन हाडजोर्नी रोग बहिरिङ्ग सेवा र भिडियो एक्सरे सेवा संचालनमा ल्याएको र लाइन व्यवस्थापको लागि अस्पतालमा टोकन मेसिन सेवा सुरु गरेको , कठारमा सुविधासम्पन्न ल्याव सुरु गरेको , खैरहनी १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण भइरहेको , ६८ बर्षमाथीका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणको लागि बा आमा स्वास्थ्य कार्यक्रम संचालन गरेको लगायतको काम गरेको नगर प्रमुख खनियाँले बताए ।
सिचाईको लागि ८० प्रतिशत अनुदानमा १ सय १४ वटा बोरिङ तथा कुलो मर्मत गरिएको , कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा नयाँ प्रविधिमा आधारित मेसिनरी औजारहरु दिएको , ५० प्रतिशत अनुदानमा ६ सय ९३ जनालाई ब्याट्रिबाट चल्ने स्प्रेयर वितरण लगायतको काम कृषिको क्षेत्रमा गरेको उनले बताए ।
पशुपालन प्रर्वद्धनको लागि विभिन्न व्यवसायिक फर्म र कृषकहरुलाई अनुदानमा उपकरणहरु वितरण गरिएको , घाँसको बिउ वितरण गरिएको , पशु स्वास्थ्य शिविर संचालन , ८ वटा दुग्ध सहकारीमा चिलिङ सेन्टर स्थापना गर्ने काम सम्पन्न गरिएको नगर प्रमुख खनियाँले बताए ।
नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि व्हील चेयर वितरण गरिएको , कान नसुन्नेहरुको लागि हियरिङ ऐड वितरण गरेको छ । महिलाहरुको लागि कौसीखेती तालिम, पत्रकारिता तालिम , लोकसेवा तयारी कक्षा लगायतको कार्यक्रम नगरपालिकाले गरेको छ ।
नगरपालिकाले नगरको सरसफाईलाई ध्यानमा राखेर नगर सरसफाईकर्मी मार्फत बजार सरसफाईको काम सुरु गरेको , फोहोर मैला व्यवस्थापनको लागि फोहोरलाई स्रोतमै वर्गिकरण गर्ने काम सुरु गरेको छ ।
नगरपालिकाले विगताको बेरुजु असुल उपरलाई प्राथमिकता दिएको छ । बेरुजु दाखिला गर्न पत्राचार गरिएको र तोकिएको समयमा दाखिला नगर्ने व्यक्ति , संस्थाको नाम सार्वजनिक रुपमा प्रकाशन गर्ने तयारी गरिएको नगर प्रमुख खनियाँले बताए । सम्झौता अनुरुप काम नगर्ने , सामान उपलब्ध नगराउने ४ वटा संस्थाको ठेक्का रद्द गरि कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाइएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । नगरपालिकाले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउदै विनियोजित रकममध्य ६५ लाख खचै कटौती गरेर अन्य क्षेत्रमा विनियोजन गरिएको शर्माले बताए । त्यस्तै नगरपालिकाले एकबर्षमा विभिन्न नौ वटा कार्यविधि तयार समेत गरेको छ । नगरपालिकाले चालु आवको अनुमानित राजश्वमध्य ७९.२६ प्रतिशत संकलन गरिसकेको छ । नगरपालिकाले हालसम्म चालु खर्चतर्फ कुल बजेटको ५८ं.४१ प्रतिशत र पुजिगततर्फ ४१ं.७२ प्रतिशत खर्च गरेको छ । नगरपालिकाको राजश्व संकलन प्रक्रियालाई व्यस्थि गर्दै वडा कार्यालयमै एकिकृत सम्पत्ति कर लगायतको राजश्व लिने व्यवस्था गरेको प्रमुम प्रशासकिय अधिकृत शर्माले बताए ।
एक बर्षको अवधिमा खैरहनीमा आएको १ सय ९४ वटा विवादमध्य १ सय २ वटा विवाद मेलापत्र भएको , ६ वटा अदालत सिफारिस गरिएको र ८६ वटा प्रक्रियामा रहेको खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले जानकारी दिइन् । नगरपालिकाले उद्यम विकास कार्यक्रम अन्र्तगत व्यूटि पार्लर , हाउस वायरिङ, टायल मार्वल लागाउने तालिम , ड्रागनफु्रट , बंगुलपालन , च्याउखेती लगायतका विभिन्न सिपमुलक तालिम समेत दिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker