रुकुम भएको घटनाको दिप प्रज्वलन गरी सांकेतिक विरोध

चितवन ।
जात व्यवस्था विरुद्ध दोश्रो प्रतिरोध दिवसको अवसर पारेर पश्चिम रुकुममा भएको घटनाको विरोधमा दिप प्रज्वलन गरिएको छ l
सामुदायिक युवा नेता (Cywl) का सम्योजक अनिता परियारको अध्यक्षतामा शुक्रबार सरौहा चोकमा दिप प्रज्वलन गरिएको थियो l

कार्यक्रममा नेपाल दलित उत्थान (एड्वान) का अध्यक्ष बिन्दु थापा परियार तथा उपाध्यक्ष तिर्थ विक लगाएत उपस्थित रहेको थियोे l

दलित माथी दलन कहिले सम्म,अपराधी लाई राजनीति संरक्षण बन्द गर,सेती पीडित लाई न्याय दे, जातिय विभेद अन्त गर जस्ता नारा ब्यानरमा लेखिएको थियो l

एड्वानको अध्यक्ष बिन्दु थापा परियारले जातिय विभेदकै कारण युवाहरुले ज्यान गुमाउनु परेको अवस्था कल्पनाभन्दा बाहिरको भएको बताए । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दोषीलाई कारवाही र समाजमा चेतना अत्यावश्यक रहेको बताउनु भयो l

कार्यक्रम सम्योजक समेत रहनुभएकी अनिता परियारले देशमा अजै पनि जातिय विभेद रहेको हुँदा यसको अन्त गर्ने युवाको भुमिका महत्त्वपूर्ण हुनि भएकोले सबै युवालाइ एकजुट हुन समेत आग्रह गर्नु भएको थियो l

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker