‘सहकारिकाे समस्या समाधानका लागि सदस्य जागरुक हुनुपर्छ’ : सहकारी सरोकारवाला

चितवन, जेठ १४ । सिन्धु ढकाल
सहकारिमा पछिल्लाे समयमा देखिएकाे समस्या समाधानका लागि सदस्यहरुलाई जागरुक वनाउनु आवश्यक भएकाे सराेकारवालाहरुले वताएका छन् ।
आज भरतपुरमा आयाेजित एक कार्यक्रमका वक्ताहरुले आफ्नै गाउँ ठाउँमा भएका स्थानीय सहकारिहरुलाई टेवा दिने काम सहकारिका सदस्यहरुले गर्नु आवश्यक भएकाे वताएका हुन् ।


चितवन जिल्ला वचत तथा ऋण सहकारी संघ चिस्कुनकाे आयाेजनामा सहकारिमा महिला तथा युवाकाे सहभागिता र सशक्तीकरणकाे धारिलाे अस्त्र विषयक महिला तथा युवा गाेष्ठका सहभागीहरुले सहकारिमा पछिल्लो समय देखिएकाे समस्याप्रति चिन्ता व्यक्त गरेका हुन् ।


चिस्कुन महिला शसक्तिकरण उपसमिति संयाेजक रितु गिरिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका पृ्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले सहकारिका सदस्य नै सहकारिकाे केन्द्र भएकाले सदस्यहरु नै यसकाे समस्या समाधानका लागि जागरुप हुनुपर्ने बताउनुभयो । सहकारिलाई दिगाे रुपमा अगाडि वढाउने एकमात्र उपाय सदस्यहरुकाे सक्रियता र नियमन भएकाे उहाँकाे भनाई छ । सरकारि निकाय सहकारिकाे प्रवद्वनका लागि सहयाेगीकाे रुपमा सदैब रहने प्रतिवद्वता समेत उहाँले व्यक्त गर्नुभयाे ।


कार्यक्रममा केन्द्रीय वचत तथा ऋण सहकारि संघ नेफ्स्कुनका महासचिव दामाेदार अधिकारिले नीति र थितिमा चलेका सहकारिमा आर्थिक मन्दीकाे प्रभाव नपरेकाे वताउनुभयाे । सहकारिमा युवाहरुकाे सहभागीता वढाउन सके र विलासिताका लागि सहकारिकाे कर्जा लिने प्रवृति कम भएमा सहकारिकाे समस्या धेरैहदसम्म समाधान हुने वताउनु भयाे ।
कार्यक्रममा वागमति प्रदेश वचत तथा ऋण सहकारि संघका तेजेन्द्र बाबू खड्काले राज्यले सहकारिका नीति नियम कार्यान्वयनमा कडाई नगरेका कारण सहकारिमा समस्या वढ्दै गएकाे वताउनु भयाे ।
भरतपुर महानगरपालिका सहकारी तथा राेजगार प्रबर्द्धन शाखा प्रमुख रामवाबु पाैडेलले भरतपुर महानगरपालिका सहकारि एकीकरणकाे अभियानमा अगाडि वढेकाले सहयाेग गरिदिन सहभागीहरुलाई आग्रह गर्नुभयाे । सहकारीलाई विधानत् अगाडि वढ्नका लागि सहकारिका सदस्यहरुलाई अनुराेध गर्नुभयाे ।
कार्यक्रमका प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार तथा नागरिक अगुवा वविता वस्नेतले महिला र युवा शसक्तिकरण तथा सहकारि आन्दाेलनकाे विषयमा प्रशिक्षण दिनु भएकाे थियाे । उहाँले महिलामाथि हुने हिंसाकाे प्रमुख कारण आर्थिक पक्ष भएकाे भन्दै आर्थिक रुपमा महिलाहरुलाई शसक्त वनाउनका सहकारिले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वताउनुभयाे ।
८ महिनामा ५५ सय डिजीटल हिंसाका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएकाे भन्दै उहाँले महिलाहरुलाई डिजिटल साक्षरता दिनु अहिलेकाे प्रमुख आवश्यकता भएकाे उहाँले वताउनु भयाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker