सामुदायिक विद्यालय सुधार गर्न सम्भव छ ? (लेख)

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नको लागि अरु कसैको मुख ताकेर सम्भव हुँदैन । यसमा मुख्य जिम्मेवार शिक्षक नै हुन् ।

प्रधानाध्यापक श्री राष्ट्रिय माध्यमिक विद्यालय, शमीपुर कालिका–०१, चितवन ९७५५०६६२४७ [email protected]

शिक्षकले निस्वार्थ भावना बोकेर काम गर्नुपर्छ । पहिले आफूले अध्ययन गर्ने र अध्यापन गर्ने काम गर्नुपर्छ । राजनीतिक पार्टीको झोले बनेर नेताको गफ गर्न छाडेर आफ्नो काम,कर्तब्य,अधिकार र जिम्मेवारी पूरा गर्नुपर्छ । असल शिक्षक कक्षाकोठामा नै जाने हो । आफ्नो जिम्मेवारी शिक्षकले इमान्दारीपूर्वक निभाउनुपर्छ । शिक्षकले सिकाउने कामलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न सक्यो भने हामीले अभिभावकलाई बोलाउन पर्दैन । अभिभावक हामीलाई खोजी खोजी आउँछन् । तीन तहका सरकारले पनि हामीलाई सघाउनुहुन्छ । सवै जना एकजुट भएर शिक्षालाई गुणस्तरीय र मूलधारमा ल्याएर सामुदायिक शिक्षालाई गुणस्तरीय र मूलधारमा ल्याएर सामुदायिक शिक्षालाई अगाडि बढाउन सकिने कुरामा दुईमत छैन ।

वर्तमान अवस्थामा सामुदायिक विद्यालयमा गुणस्तर सम्भव हुँदैन भनेर अभिभावकहरुको मनमा नकारात्मक सन्देश छर्ने र भर्ने काम भइरहेको छ । यो कार्यले आम अभिभावकहरुमा निराशा छाएको छ ।
तर सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सम्भव छ । हामी सक्छाँै भन्ने सोचका साथ अगाडि बढिरहेका छाँै । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्घि गर्न जो जो शिक्षा क्षेत्रमा खटिएका छन् उनीहरु नै जिम्मेवार हुने हुदाँ उनीहरु बिशेष गरी शिक्षकमा इमान्दारी,लगाव र परिश्रम जरुरी पर्दछ ।
त्यस्तै अभिभावक पनि पूर्वाग्राही हुनुहुन्छ । सामुदायिक विद्यालयलाई हेर्न आशावादी आँखा नभएको महशुस भएको छ । तसर्थ हामीले अभिभावकहरुसंग अन्तक्रिया गरेर वालवच्चाको पढाइबारे अपडेट लिनुपर्ने हुन्छ । हाम्रो सरकारले विद्यालयमा अध्यापन गर्ने धेरै थरिका शिक्षकहरु बनाएका छन् । यसमा सुधार हुनुपर्दछ । राम्रो विउ रोपे राम्रो फल प्राप्त हुन्छ ।
यदि विद्यालयमा शिक्षक,कर्मचारी,वि.ब्य.स. ले राजनीति रोक्न सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकासिने थियो । हाम्रो श्री राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरका शिक्षक,कर्मचारी,र वि.ब्य.स.ले राजनीति नगरेको दाबी गर्न सकिन्छ । विद्यालयका शिक्षक,कर्मचारी,र वि. ब्य.स.ले राजनीति नै गर्दैनन् भनेर मैले झुट वोल्न चाहन्नँ तर उहाँहरुले विद्यालय प्रवेश गरेपछि राजनीतिका कुरा गरेर स्टाफ रुममा ब्यतित गर्ने समय हामीले रोकेका छौँ । त्यसो भएर नै हामीले गुणस्तर दिन सकिरहेका छाँै । विद्यालयमा शिक्षक र कर्मचारीले राजनीति गरेका भए शमीपुर पनि अन्य विद्यालय जस्तै हुन सक्थ्यो ।
वि.सं. २०४६ मा स्थापना भएको शमीपुर विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी माध्यमवाट अध्यापन भैरहेको छ । विद्यालयमा हाल करिब ६०० जना विद्यार्थीहरु छन् । यो विद्यालय उत्कृष्ट बन्नुमा शिक्षक कै महत्वपूर्ण भूमिका रहेको छ । शिक्षकहरुलाई आवश्यकता र माग अनुसार विभिन्न पेशागत तालिमहरुमा सहभागी गराइन्छ । शिक्षक, सिकाई प्रक्रियाको मूख्य भूमिकामा हुन्छ । शिक्षक तथा कर्मचारीको मनोभावना बुझेर उहाँहरुको मनोवल उच्च राख्न विभिन्न प्रोत्साहनको आवश्यकता पर्दछ । जुन हामीले गर्दै पनि आएका छौँ । आवश्यकता पर्दा विद्यालयमा नै तालिमको ब्यवस्था गर्दछौँ । प्रत्येक महिनाको मसान्तमा शिक्षक साथीहरुले प्रविधिको प्रयोग गरेर प्रस्तुतीकरण गरी शिक्षक बैठक गरिन्छ ।
शमीपुरको शिक्षकहरुलाई विभिन्न ठाउँमा रहेका नमूना विद्यालयहरु भ्रमण गराउने,अन्तर्किया गर्ने,अन्य विद्यालयका असल अभ्यास र राम्रो क्रियाकलाप पछ्याउने काम पनि भइरहेको छ ।
हाम्रो विद्यालयले वालविकास कक्षालाई बिशेष प्राथमिकतामा राखेकोले विद्यालयको मूख्य आकर्षकको रुपमा वालविकास रहेको छ ।
अन्त्यमा, एउटा विद्यालयलाई सफल बनाउन सवै शिक्षकहरुमा निस्वार्थ भावना,एकता,सहकार्य र राजनीतिक स्वार्थ भन्दा माथि उठ्न जरुरी पर्दछ ।
धन्यवाद !
जय शमीपुर,जय सामुदायिक विद्यालय ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker