न्यू स्पिडी मा.वि का विद्यार्थीले धान रोपेरै धान दिवस मनाए

रत्ननगर, असार १५ । न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले राष्ट्रिय धान दिवस मनाएका छन् । रत्ननगर नगरपालिका वडा नं. १० कृष्ण मन्दिरमा रहेको न्यू स्पिडीका विद्यार्थीहरुले दही चिउरा खादै शनिवार असार १५ अर्थात २१औं राष्ट्रिय धान दिवस मनाएका हुन् ।

विद्यालयले आयोजना गरेको राष्ट्रिय धान दिवसको प्राधानाध्यापक अर्जुन वहादुर थापाले धान रोपेर सुरु गर्नुभएको थियो । धान रोप्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका शिक्षक डिल्लिराम पोखरेलले जग्गा उपलब्ध गराउनुभएको थियो ।

परम्परागत ज्ञान र सीपको विकास गराउने उद्देश्यले न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयले राष्ट्रिय धान दिवस मनाएको प्राधानाध्यापक थापाले बताउनुभयो । विद्यार्थीहरुले कक्षा कोठाभित्र कितावको ज्ञान मात्रै पाउने भएकोले व्यवहारिक शिक्षा प्राप्त होस भन्ने उदेश्यले हिलो खेतमा पुगेर धान रोपाइँ गरि दिवस मनाइएको उहाको भनाईछ ।

विद्यार्थीहरुले धान रोप्दै हिलो खेल्दै एक अर्कामा खुसी साटासाट गरेका थिए । विद्यार्थीहरुले सामाजिक क्रियाकालपका साथ साथै धान रोप्ने विधी, माटोको तयारी, पानी र मलको प्रयोगसहित वीउको अवस्था, वीउलाई उचित व्यवस्थान लगायतका बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका शिक्षक पोखरेलले बताउनुभयो ।

त्यस अलवा सामुहिक भावना र अनेकतामा एकताको शन्देश समेत विद्यार्थीहरुले अनुभव लिएका छन् । विद्यार्थीहरुलाई राष्ट्रिय धान दिवस भनेको के हो ? यो किन मनाइन्छ ? आदि विषयमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले व्यवहारिक ज्ञानको विकास होस भन्ने उदेश्यले फिल्डमै लगेर धान रोपीएको पोखरेलको भनाईछ ।

धान रोपाइ कार्यक्रमा विद्यालयका शिक्षक, शिक्षीका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker