नेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान

काठमाडौं – चैत्र ५, नेपाल डेरी एसोसिएसनको आयोजना एवं दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक बिद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी शाहको विशेष उपस्थितिमा दूध पान गराइएको छ।

कार्यक्रममा बागमती प्रदेशका माननीय जयराम थापा, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक डा. बालक चौधरी, कृषि उद्यम केन्द्र एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राज कुमार कार्की, कृषि उद्यम केन्द्रका सदस्य मनोज चापागाईं, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रशासन प्रमुख बिदुर राई, अनुशासन अधिकृत दिपेन्द्र अधिकारी, लेखा प्रमुख ओम खरेल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीप प्रसाद धमला, मनोज कुमार घिमिरे, एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारी, गोपाल तिमल्सिना, सचिव श्याम घिमिरे, एसोसिएसन काठमाडौँका अध्यक्ष अजित बजगाई, सदस्य चेतनाथ दाहाल एवं विद्यालयका प्र.अ.गोपाल महत लगायत विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा स्कुलका बालबालिकालाई दूध पान गराइइनुको साथै विद्यालय वरपरका जेष्ठ नागरिकहरूलाई नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। स्वागत मन्तव्य एवं कार्यक्रमबारे बताउँदै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले दूध पूर्ण पौष्टिक आहार हो र दुध बालकदेखि वृद्धसम्म अनिवार्य आवश्यक खाद्य वस्तु हो। दुध जुनसुकै अवस्थामा पनि सेवन गर्न मिल्ने र बिहान बेलुका, दिउँसो अनिवार्य सेवन गरिनुपर्ने कुरा बताउँदै विद्यालयले पनि समय समयमा बालबालिकालाई पौष्टिक आहारको बारेमा बताउँदा दुधको महत्व बुझाउँदै अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न प्रेरित गर्नुहुने कुरामा अध्यक्ष दाहालको विश्वास रहेको बताए ।

माननीय जयराम थापाले दूध सेवन गर्न अनिवार्य गर्नुपर्ने तर उद्योगीले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । पशु सेवा विभागका दाहालले दूध खाएपछि अरु खानेकुरा नखाँदा पनि बाँच्न सकिने दुध पूर्ण खाद्य पदार्थ भएको बताए भने डाक्टर बालक चौधरी राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकले विश्व खाद्य संगठनका अनुसार प्रति वर्ष प्रति व्यक्ति ९२ लिटर दूध अनिवार्य सेवन गर्नुपर्ने भएको नेपालमा हाल ८७ लिटर मात्र भएको बताए भने दुग्ध विकास संस्थानका संजीव झाले दूध सेवन गर्दा लेबलिङ र प्याकेजिङ भएको मात्र सेवन गर्नुपर्ने बताए । केन्द्रीय दुग्ध सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले गोठदेखि ओठसम्मकै अवस्था गुणस्तरयुक्त हुने कुरा प्रमुख हो र त्यसमा किसानको पाटोमा हामी सजग रहेको बताए । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले सरकारले निजि र सरकारीलाई एउटै आँखाले हेर्नु पर्ने बताउँदै नेपाल डेरी एसोसिएसनले गरेका हरेक गतिविधि अत्यन्तै सकारात्मक भएको र अहिलेको यो दुध तथा दुग्ध पदार्थ स्टक रहेको बेला यस्तो उपभोग बढाउन स्कुलमा दुध पान कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको बताए ।

प्रमुख अतिथि माननीय मन्त्री ज्वालाकुमारी शाहले आफूले मन्त्रालय सम्हालेकै दिनबाट विशेषगरी दूध र दुग्ध किसानका समस्यालाई प्रमुख रुपमा हेरेको छु। दुध भनेको अति आवश्यक संवेदनशील खाद्य पदार्थ भएको र गाउँमा दूधको माध्यमबाटै आर्थिक रुपमा अलिअलि चलखेल गर्न पाउने भएकोले पनि यो अत्यन्तै महत्वपूर्ण सेक्टर हो । विद्यार्थीले प्रत्येक दिन तीनपटक बिहान बेलुका र दिउँसो दूध खान अनुरोध गरिन् । यसो गर्दा विद्यार्थीको शरीर स्वास्थ्य हुने कुरा बताइन् ।

कार्यक्रममा विद्यार्थीले दूध सम्बन्धी कविता सुनाएका थिए भने विद्यालयका प्र.अ. गोपाल महतले उपस्थित सबैलाई धन्यवाद दिँदै विद्यालयमा फरक खालको कार्यक्रम भएकोले विद्यार्थीहरु अत्यन्तै उत्साहित भएको बताए । कार्यक्रमको अन्त्यमा नवप्रभात डेरीबाट उत्पादित दुध तथा दुग्ध पदार्थ उपस्थित सबै अतिथिहरुलाई मायाको चिनो स्वरुप प्रदान गरिएको थियो

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker