कालिकामा ४५ दिने व्युटिपार्लर तालिम सम्पन्न

रत्ननगर, चैत्र १३ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने आधारभूत व्युटिपार्लर तालिम मंगलवार सम्पन्न भएको छ ।

कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।

नगर प्रमुख रेग्मीले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताए । बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए ।

नगर प्रमुख रेग्मीले भने, ‘तालिम आफ्नो घर भित्र सिमित नभई आय आर्जनमा मद्धत पुर्याउने खालको भएकोले यस किसिमको तालिम लिएपछि आफैले पार्लर चलाउन आग्रह गर्दछु ।’
सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अबसरको सदुपयोग गर्न सुझाव दिए ।

नगर उप प्रमुख बिमला तामाङले तालिमले महिलाहरुलाई सिप सिकाएर आय आर्जनमा मद्धत पु¥याउनुको साथै संवेदनशील पेशा भएको बताइन् । पछिल्लो समय महङगो पैसा तिरेर महिलाहरुले सहरी क्षेत्रमा व्युटिपार्लर सम्वन्धी तालिम लिईरहेको अवस्थामा गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले निःशुल्क प्रदान गरेकोले तालिमलाई महिलाहरुले सदुपयोग गर्नुपर्ने सुझाव दिइन् ।

लक्ष्मी देपकोटाले प्रशिक्षण दिएको तालिममा सहभागी २५ जनालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा तालिममा सहभागिका तर्फबाट सफल लद्यु उद्यमी समुहका सदस्य शर्मिला पन्त, प्रशिक्षक लक्ष्मी देपकोटा लगाएतले मन्तव्य राखेका थिए ।

कालिका वडा नं. ६ का वडा अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, शाखा अधिकृत प्रकाश चन्द्र गौतम लगाएतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker