उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि, नेवि संघ रत्ननगर नगर समितिको विरोध

चितवन। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ ।

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।

यस घटना प्रति नेपाल विधार्थी संघ रत्ननगर नगर कमिटिले विरोध गरेको छ । विहिबार नगर कमिटिका सभापति नबिन थापाद्घारा विज्ञप्ति जारी गर्दै यस घटनाको छानविन गर्न माग गर्नु भएको छ । विज्ञप्तिमा भनेको छ परिक्षाको उत्तर पुस्तिका हरायको विषयमा समेत सम्बन्धीत पक्ष मौन वस्ने र छानविन नगरी परिक्षा तालिका सार्वजनिक गरेको प्रति गम्भिर ध्यानकर्षण भएको विज्ञप्ति उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker