रत्ननगरमा भोली हुने राप्रपाको आमसभाको तयारी पूरा

रत्ननगर, चैत १६ । 

राप्रपा चितवन क्षेत्र नम्बर १ को आयोजनामा भोली चैत १७ गते रत्ननगरमा हुने आमसभाको तयारी पुरा भएको छ । रत्ननगर १ सौराहाचोक बसपार्कमा विहान ११ बजेबाट सुरु हुने आम सभाको तयारी पूरा भएको क्षेत्र नं १ का अध्यक्ष बलराम खनालले बताए ।

पार्टीका केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे, कार्यसम्पादन समिति सदस्य दिपक बहादुर सिंह, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताले सभामा सम्बोधन गर्ने खनालले जानकारी दिए । आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक अबस्था र राप्रपाको धारणा सार्वजनिक गर्ने क्षेत्रीय अध्यक्ष खनालले बताए ।

यसैबीच,शुक्रबार आम सभाको प्रचार प्रसार गर्दै लोथर देखी बकुलहर सम्म मोटरसाईकल ऱ्याली निकालिएको जिल्ला सदस्य हरी अधिकारीले जानकारी दिए । आम सभाको लागि चितवनका घरघरमा निमन्त्रणा पत्र समेत पठाइएको उनले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker