रामकृष्ण कार्की : जागिर र अभिकर्ता दुबैमा सफल,तीन महिनामै ‘एमडिआरटी’ बन्न सफल

रत्ननगर । नेपाल लाईफमा सर्वाधिक जीवन बीमा व्यवसाय गर्दै आएका रामकृष्ण कार्की सन् २०२५ का लागि तीन महिनामै एमडिआरटी बन्न सफल भएका छन् । सन् २०२३ को लगि कम्पनी कै प्रथम COT बन्न सफल भएका कार्कीले यस वर्ष टिओटीको लागि सुरुवातिदिन देखिनै मिहिनेत गरिरहेका छन् । उनको मिहिनेतको पहिलो खुड्किलो पुरा भएको छ ।

 

यस वर्ष सुरुवाति तिन महिनामै एमडिआरटीको सफलता मिलेको उनले बताए । उनि भन्छन् यस वर्ष अघिल्लो वर्षको भन्दा धेरै राम्रो भएको छ । यस वर्ष टिओटी बन्ने मेरो लक्ष्य रहेको छ ।’ नेपाल लाइफ ईन्योरेन्स कम्पनीले चैत्र महिना सम्ममा एमडिआरटीको लक्ष्य पुरा गर्ने अभिकर्तालाई ३० हजार रुपैयाँ इन्सेन्टिभ सहित प्रोत्साहित समेत गरेको छ ।

 

यस वर्ष एमडिआरटीको लागि ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नु पर्छ । यनले यहि साडे दुई महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरिसकेका छन् । कार्कीले गएको साउन महिना यता १ करोड भन्दा पनि बढी बीमा शुल्क आर्जन गरिसकेका छन् । हालको अवस्थासम्ममा उनि नेपाल लाइफबाट सर्वाधिक व्यवसाय गर्नेमा तेस्रो नम्बरमा छन् । उनले ९ महिना भित्रमा १८९ भन्दा धेरैको बीमा गर्न सफल भएका छन् ।

 

जीवन बीमामै आफ्नो जीवन समर्पित गरेका कार्कीले धेरै मिहिनेत गर्ने गरेको पर्सा शाखाका प्रमुख दिपक घिमिरे बताउछन् । उनले हरेक वर्ष आकर्षक व्यवसाय गर्दै आइरहेको उनले जानकारी दिए ।

उनि गत वर्ष सन् २०२३ को लागि व्यक्तिगत व्यवसाय तर्फ नेपाल लाइफबाट प्रथम COT भएका थिए । भने आर्थिक वर्ष २०७९/८० को लागि भने तेस्रो भएका थिए । यस वर्ष भने उनि आर्थिक वर्षमै ‘नेपाल फर्स्ट’ हुने लक्ष्यका साथ अगाडी बढेका छन् ।

बरीस्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२३ का लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाटै पहिलो COT सिओटी बन्न सफल भएका थिए । कार्की ले गत वर्ष सन् २०२३ मा एक करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि कोर्ड अफ दि टेवल ‘सिओटी’मा पर्न सफल भएको कम्पनीका पर्सा शाखा प्रमुख घिमिरेले जानकारी दिए । अहिलेको आर्थिक मन्दीको समयमा एमडिआरटीको लक्ष्य हासिल गर्न धौ धौ परिरहेको अवस्थामा कार्कीले भने साढे दुई महिना भित्रै लक्ष्य पुरा गरेका हुन् । रामकृष्ण कार्की अहिले समेत ६ पटक MDRT र २०२३ मा कम्पनी कै प्रथम COT भएका हुन । उहाँ अहिले 2025 मा बागमती प्रदेश कै प्रथम MDRT भएका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker