उन्नत नश्ल सुधार तथा गाइबस्तुमा भ्रुण प्रत्यारोपणका लागि दक्ष जनशक्ति उत्पादन गर्न चितवनको रामपुरमा प्रशिक्षण कार्यक्रम

चैत २१, चितवन । उन्नत नश्ल सुधार तथा गाइबस्तुमा भ्रुण प्रत्यारोपणका लागि दक्ष जनशक्ति उत्पादन गर्न चितवनको रामपुरमा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । प्रशिक्षण कार्यक्रमको कृषि मन्त्रालयका सचिव डा। रेवती रमण पौडेलले उद्घाटन गर्नुभयो ।

जर्सी ओभरसीज ऐड र आड्रा यूकेको आर्थिक सहयोग र नेपालमा साना दुग्ध उत्पादक कृषकहरुको लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि परियोजना, आड्रा नेपाल र यसका साझेदार संस्थाहरु विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समुह नेपाल फरवार्ड र इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालको समन्वयमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । यो परियोजनाले सन् २०२२ देखि नै कपिलवस्तु, रुपन्देहीमा विपन्न र सिमान्तकृत समुदायलाई लक्षित गरी उद्यम विकास, खाद्य सुरक्षा, जिविकोपार्जन, आम्दानी वृद्धि, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, जलवायु परिवर्तन लगायतको क्षेत्रमा काम गरिरहेको छ । चार वर्षे यस परियोजनाले साना तथा पछाडी परेका दुग्ध उत्पादक कृषकहरुको आम्दानी र उत्थानशीलताको अभिवृद्धिद्धारा जिविकोपार्जनमा सुधार ल्याउने र गरिबी न्यूनीकरण गर्ने लक्ष्य समेत राखेको छ ।

त्यस्तै कार्यक्रममा पशु विज्ञान, पशु चिकित्सा विज्ञान र मत्स्य पालन संकाय का कार्यवाहक डीन दिपेश कुमार क्षेत्रीले भ्रुण स्थानान्तरणका लागि ५० भ्रुण नेपालमा ल्याइसकिएको बताउंदै तालिमबाट विशेष दक्षता हासिल गरी भु्रण स्थानान्तरणमा सहभागी विज्ञहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आड्रा नेपालले पशुको नश्ल सुधारका लागि नेपाल सरकारलाई ५० वटा जर्सी गाईका भ्रुण हस्तान्तरण समेत गरेको छ ।

भ्रुण प्रत्यारोपण सम्बन्धी प्रशिक्षण कार्यक्रमको समुद्घाटन समारोहमा आड्रा नेपालका कन्ट्री डाइरेक्टर टम पिग्नन्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। रेवती रमण पौडेललाई उक्त भ्रुण हस्तान्तरण गर्नुभएको हो । सचिव पौडेलले उक्त भ्रुण पुनः राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख डा। जगदिश पाण्डेलाई हस्तान्तरण गर्नुभयो । रोजल जर्सरी कृषि तथा बागवानी समाजको सहयोगमा प्राप्त उक्त भ्रुण तालिम पश्चात चितवन, जिरी र पोखराका विभिन्न फार्महरुमा प्रत्यारोपण गरिने आड्रा नेपालका डा। अनिल चन्द्र न्यौपानेले बताउनु भयो ।

भु्रण प्रत्यारोपणका लागि ५ दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका सहायक प्राध्यापक गोर्कण गौतम, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका वरिष्ठ पशु विकास अधिकारी शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकारी डा। खगेन्द्र प्रसाद सापकोटा, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका पशुधन विकास अधिकारी डा।भजु महतो, राष्ट्रिय पशु संरक्षण कार्यक्रमका वैज्ञानिक डा। उद्धव पनेरु र राष्ट्रिय पशु संरक्षण कार्यक्रमका प्राविधिक अफिसर डा यज्ञराज पाण्डे लगायत नेपाल सरकारका भ्रुण प्रत्यारोपणमा संलग्न ६ प्रशिक्षणमा सहभागी हुनेछन् ।

भ्रुण प्रत्यारोपण तालिममा युकेमा ५० हजार पशुमा भ्रुण प्रत्यारोण गरि सकेका प्यारागन भेटेनरी ग्रुपका भ्रुण प्रत्यारोपण विशेषज्ञ डा।मार्क बोलाण्डले प्रशिक्षण दिनेछन् । आड्र नेपालका टिम लिडर कविर रत्न स्थापितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कृषि मन्त्रालयका सह–सचिव डा। सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद्का पशु तथा मत्स्य संकायका महानिर्देशक डा।दोजराज खनाल, आड्रा एशियाका डा। ब्रेण्डन इर्भिन, प्यारागन भेटेनरी ग्रुपका भ्रुण प्रत्यारोपण विशेषज्ञ डा।मार्क बोलाण्ड, आड्रा युकेका प्रोग्राम अफिसर जोश ओरोजक्को लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker