रत्ननगरमा भान्छा कोठाको सुरक्षा तथा ग्याँसको सुरक्षित प्रयोग बारे सचेतना

रत्ननगर, बैशाख २२ । ग्याँसको बढ्दो प्रयोग र यससँगै बढ्दै गएको दुर्घटना न्यूनिकरणका लागि रत्ननगर नगरपालिका वडा नं. ९ मा भान्छा कोठाको सुरक्षा ग्याँसको सुरक्षित प्रयोग तथा प्राथमिक उपचार सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरिएको छ ।

रत्न प्रिय क्लब, नारी जागरण केन्द्र, वडा स्तरीय महिला सञ्जाल रत्ननगर-९ ले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेकाहुन् ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर-९ का वडा अध्यक्ष अनन्त अधिकारीले हरेक घरको भान्छामा पुग्‍ने ग्याँसको प्रयोगमा ध्यान दिनुपर्ने बताए । ‘हरेक भान्छामा पुग्ने ग्याँस प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ । रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ।’ उनले भने । हाम्रो क्षेत्रमा बसोबास गर्ने जनतालाई सुरक्षित बनाउने प्रयास सधैँ रहनेछ वडा अध्यक्ष अधिकारीले भने ।

नारी जागरण केन्द्र रत्ननगरकी अध्यक्ष विमला सुवेदी खनालले हरेक घरको भान्छामा पुग्ने ग्यासको प्रयोगमा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘हरेक भान्छाको पुग्ने ग्यास प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ । रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।’

रत्न प्रिय क्लब क्लवका अध्यक्ष बसन्त राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा स्तरीय महिला सञ्जाल रत्ननगर ९ की अध्यक्ष देवकी ओझा, दोभान टोल विकास संस्थाकी अध्यक्ष उर्मीला पासवान लगाएतले मन्तव्य राखेका थिए ।

कायृक्रममा मेलमिलाप केन्द्र रत्ननगरकी सचिव संगीता खनाल, प्रगति टोल विकास संस्थाका अध्यक्ष लेखनाथ आचार्य, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, गृहिणीहरुको सहभागिता रहेको थियो ।

रत्न प्रिय क्लबका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा नारी जागरण केन्द्रकी महासचिव सरस्वती लामाले स्वागत मन्तव्य राखेकी थिईन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker