मृगकुञ्जमा महिलालाई पञ्चेबाजा र थारु नृत्य तालिम सुरु

रत्ननगर । चितवनको रत्ननगरमा संस्कृतिलाई पर्यटनसंग जोड्न दुई छुट्टा छुट्टै तालिम शनिबार देखि सुरु भएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले महिलाहरुका लागि पञ्चेबाजा र थारु ठेकरा नृत्य तालिम सुरु गरेको हो । टिकौली मध्यवर्ती सामुदायिक वनको सेवा क्षेत्र भित्रका २० जना महिलाहरुलाई पञ्चेबाजा बजाउने र जनकौली मध्यवर्ती सामुदायिक वनका २५ जना थारु महिलाहरुका लागि थारु नृत्य तालिम सुरु गरिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । एक महिला सम्म चल्ने पञ्चेबाजा तालिमको प्रशिक्षकमा रोशन बर्देवा र थारु नृत्य तालिमको प्रशिक्षकमा दुखवा महतो रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर मगरले महिलाहरुलाई वनप्रतिको निर्भरता हटाउदै संरक्षणमा क्रियाशिल बनाउने उद्देश्यले मध्यवर्ती स्तरमा सुरु भएको दुई सीप मुलक तालिम उदाहरणीय रहेको बताए । संस्कृतिलाई पर्यटनसंग जोडेर जीविकोपार्जन आधार तयार गर्न सुरु गरेको तालिमले स्थानीयको जीवन स्तर उकास्ने उनको विश्वास छ । मृगकुञ्जका अध्यक्ष कृषि,कला र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोडेर आयआर्जन आधारशिला तयार गर्ने योजना बमोजिक काम भइरहेको बताए । स्थानीयको जीविकोपार्जनको सुनिश्चिितता नभए सम्म उनीहरुलाई संरक्षणमा क्रियाशिल बनाउन मुस्किल रहेको भन्दै उनले एकपछि अर्को गर्दै समुदायलाई सीपमुलक तालिम दिँदै आएको बताए । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, टिकौली वनका सदस्य रामलाल चौधरी लगायतले मन्तव्य राखेका थिए । मृगकुञ्जका सचिव ओमप्रसाद रिजालले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य बुद्धिमान विकले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker