आचार्य बन्धु समाज कालिकाको अध्यक्षमा गोविन्द चयन

कालिका। आचार्य बन्धु समाज नेपाल कालिका नगर समितिका अध्यक्षमा गोविन्दप्रसाद आचार्य चयन भएका छन् ।

शनिबार सम्पन्न आचार्य बन्धुहरुको भेलाले गोविन्दको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिवमा बासु आचार्य, कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य र सदस्यहरुमा निराजन आचार्य, दुर्गाप्रसाद आचार्य, अप्सरा आचार्य, गीतादेवी आचार्य र बलराम आचार्य चयन भएका छन् ।

कालिका नगरपालिकाको नगर स्तरिय भेलाका प्रमुख अतिथी आचार्य बन्धु समाजका जिल्ला संयोजक शंकर आचार्यले छरिएर रहेका आफ्ना बन्धुहरुलाइ एकतामा बाध्न र आफ्नो मुल पहिचानको खोजी गरि अस्तित्व रक्षार्थ यस्तो संगठन अपरिहार्य रहेको बताउनुभयो । अहिले यो भेलाबाट कुनै कारणले हराएका छुटेका परिवार भित्रका दाजुभाइ इष्टमित्रको मिलाप भएको अनुभुती आफुलाइ भएको बताउनुभएको छ ।

भेलाले जिल्ला प्रतिनिधिको रुपमा मनहरि आचार्यलाई चयन तथा कालिकामा बसोबास गर्ने कौडिण्ड गोत्रीय आचार्यहरुको खोजीगरी बंशावालीको अभिलेखीकरण गर्ने निर्णय समेत गरेको छ । भेला गोविन्दप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker