नवदुर्गाको स्थापना दिवसमा विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सव सम्पन्न

भरतपुर, १७ वैशाख ।

नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औँ स्थापना दिवसको अवसर पारेर भरतपुर- ५ शान्ति चोकस्थित कार्यालय परिसरमा सोमबार भब्य कार्यक्रम आयोजना गरी ७१ वर्षदेखि माथि उमेरसमूहका ज्येष्ठ सदस्यलाई ”नवदुर्गा सहारा लठ्ठी” दिई रुद्राक्षको माला लगाएर सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा र कार्यक्रमका प्रमुख अतिथि भरतपुर-५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले ज्येष्ठ सदस्यलाई रुद्राक्षको माला लगाई सहारा लठ्ठी दिएर सम्मान गरेका हुन् ।

कार्यक्रममा आउनु भएका प्रमुख अतिथि ,विशिष्ट अतिथि,अतिथि,सम्पुर्ण शेयर सदस्य र कर्मचारी, व्यवस्थापक, संचालक,सल्लाहकार,लेखा समिति ऋण समिति ,उपसमितहरु टोल ईकाई समिति, टोल विकास संस्था टोल महिला समुह स्थानिय बिध्यालय ,स्थानीय सम्पुर्ण संघ संस्था र संस्थालाई साथ सहयोग तथा हौसला प्रदान गर्नुहुने समस्त सरोकारवाला अनि शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै सस्थाकी उपाध्यक्ष सम्झना शर्मा ले कार्यक्रमा स्वागत मन्तब्य राखेकी थिइन ।


कार्यक्रममा लोक सांस्कृतिक नाच,स्थानीय स्कुलका विद्यार्थी ,स्थानीय संघ सस्था र आमा समूहले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker