आचार्य बन्धु समाज चितवनको अध्यक्षमा शंकर आचार्य, क्यालेण्डर वितरण तथा शुभकामना आदानप्रदान

१९ बैशाख, बुधबार
भरतपुर, चितवन ।
कौडिन्य गोत्रीय आचार्यहरुको संगठन आचार्य बन्धु समाज नेपालको चितवन जिल्लाको कार्यसमिति गठन गरिएको छ । केन्द्रले निर्माण गरेको बिधान अनुरुप केन्द्रिय सदस्य एवं प्रवक्ता रामहरि आचार्यको प्रमुख आतिथ्यमा भरतपुर महानगरपालिका वडा नं १० मा अबस्थित बौद्धिक कामना टोलको सत्संग भवन ढुंगाना चोकमा भएको भेलाबाट शंकर आचार्य सहितको १५ सदस्यीय कार्य समिति चयन भएको हो ।

बिधानले व्यवस्था गरे बमोजिम सम्बन्धित नगरका अध्यक्षहरु स्वतह पदेन जिल्लाको उपाध्यक्षमा रहने व्यवस्था बमोजिम भरतपुर महानगरका अध्यक्ष यमनाथ आचार्य, रत्ननगर नगरपालिका अध्यक्ष यमनाथ आचार्य, कालिका नगरपालिका अध्यक्ष बासुदेव आचार्य, खैरहनी अध्यक्ष मायानाथ आचार्य र राप्ती नगरपालिका अध्यक्ष शारदा प्रसाद आचार्य उपाध्यक्षमा चयन हुनुभएको हो । माडी नगरपालिका र इच्छाकामना गाँउपालिकामा समिति गठन हुन बाँकी रहेको छ । कुशुम आचार्य महिला उपाध्यक्षमा चयन हुनुभएको छ ।
सचिबमा गोबिन्द आचार्य र कोषाध्यक्षमा नारायण शर्मा आचार्य चयन हुनुभएको छ । सदस्यहरुमा उत्तम आचार्य, निलकण्ठ आचार्य, हरिशरण आचार्य, यमकान्त आचार्य, रेशम आचार्य र मनहरी आचार्य चयन हुनुभएको हो ।


सल्लाहकार समिति भोलानाथ आचार्यको संयोजकत्वमा बिष्णु प्रसाद आचार्य र टीकाभक्त आचार्य सहितको तीन सदस्यीय चयन भएको छ ।
आचार्य बन्धु समाजको मुख्य उदेश्य आचार्यहरुको उत्पत्तिको इतिहासको खोजी गरि उक्त खोजलाई दस्तावेजीकरण र अभिलेखिकरण गर्ने समाजको मुख्य उद्देश्य रहेको केन्द्रिय सदस्य एवं प्रवक्ता रामहरि आचार्यले बताउनुभयो ।
अध्यक्ष शंकर आचार्यले जिल्लामा छरिएर रहेका आचार्य बन्धुहरुको खोजी गरि बंशावली निर्माण र अग्रजहरुको सम्मानमा समितिले काम गर्ने बताउनु भयो ।
भेलामा आचार्य बन्धु समाज नेपाल द्वारा प्रकाशित क्यालेण्डर बितरण गरिनुका साथै शुभकामना आदानप्रदान गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker