रत्ननगरको सेभ सुपरमार्केटमा कफी क्याफे उद्घाटन 

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा रहेको सेभ सुपरमार्केटमा विहीबार कफी क्याफे उद्घाटन गरिएको छ । सेभ सुपरमार्केटको दोस्रो बार्षिकोत्सवको अबसर पारेर सभे कफी क्याफे सञ्चालनमा ल्याइएको हो । सुपरमार्केटमा आयोजित एक औपाचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष कलाधर पौडेलले कफी क्याफेको उद्घाटन गरेका हुन ।

सो अबसरमा उनले सेभ सुपरमार्केट रत्ननगरको गहनाको रुपमा विकास भइरहेको भन्दै यसको विकासको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले बजारीकरणको रुपमा विकास भइरहेको टाँडी बजारलाई उचाईमा लैजान सेभ सुपर मार्केटले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । कार्यक्रममा केक काटेर सुपरमार्केटको दोस्रो बार्षिकोत्सव मनाइएको छ ।

सो अबसरमा उपहार योजना अन्तर्गत पुरस्कार विजेटा होटल मोनालिसाका सञ्चालकलाई एक तोलाको सुनको विस्कुट हस्तान्तरण गरिएको छ । कार्यक्रममा सेभ सुपरमार्केटका अध्यक्ष नारायण भट्टराईले सौराहाको पर्यटनलाई केन्द्रीत गरी व्यवसायीकै लगानीमा सञ्चालन गरिएको सुपरमार्केट आर्थिक मन्दीको चपेटामा परेको बताए । सुपरमार्केटबाट मुनाफा आर्जन गर्नुभन्दा पनि यसलाई टिकाइराख्ने व्यसायिक योजना रहेको बताए । अहिले हामीले नाफा खोजेको छैनौं उनले भने करिब ३० जनालाई रोजगारी दिएका छौं, अब उपभोग्य बस्तु थप गरेर मार्केटको दायरा फराकिलो बनाउदै छौं ।

रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सेभ सुपरमार्केट पूर्वी चितवनको एक मात्र गुणस्तरीय सामग्री पाइने बजार भएकाले सबैले साथ दिन आवश्यक रहेको बताए । कार्यक्रममा सेभ सुपरमार्केटका सञ्चालक ज्ञानेन्द्र कुमार विष्टले सुपरमार्केट सञ्चालनमा ल्याउनुको उद्देश्य बारे प्रकास पारेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker