रोटयाक्ट डिष्ट्रिक ३२९२ नेपालको चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न

रोटयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रिकका डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२४। २५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो ।
सेमिनारले रोटयाक्ट डिष्ट्रिकले आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गदै बाषिक कार्ययोजनानिमार्ण गदै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिकका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । उनले दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागितामा सम्पन्न भएको बताए । सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमाहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रिक २०२४,२५ का डिष्ट्रिक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि गरेका कामहरको प्रसंसा गनुभयो । डिष्ट्रीकले अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताउनुभयो । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेश मै रोजगारिको सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने बताउनुभयो । यसको लागि रोटरि डिष्ट्रिकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।


कार्यक्रममा बोल्दै रोटरियन राजन पिया ले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएकोमा धन्यवाद व्यक्त गनुभयो आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्तगनुभयो
सेमिनारमा सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गनुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker