आचार्य बन्धु समाज राप्तीको अध्यक्षमा प्रतिभा आचार्य, ९ सदस्यिय समिति गठन

बासुदेव आचार्यको संयोजकत्वमा ४ सदस्यिय सल्लाहकार समिति समेत गठन

आचार्य बन्धु समाज नेपाल राप्तीको नगर स्तरिय भेला गरेर राप्ती नगर समिती गठन गरिएको छ । ज्येष्ठ नागरिक पुष्पराज आचार्यको अध्यक्षतामा बसेको भेलाको प्रमुख आतिथ्य राप्ती नगरपालिका वडा नं ४ का वडा अध्यक्ष केदार प्रसाद आचार्य तथा विशिष्ट आतिथ्य आचार्य बन्धु समाज चितवनका अध्यक्ष शंकर प्रसाद आचार्यको रहेको थियो । राप्तीको ९ सदस्यिय समितिमा अध्यक्ष प्रतिभा आचार्य, उपाध्यक्ष इन्दिरा आचार्य, सचिब श्रीजना आचार्य, कोषाध्यक्ष कौशल्या आचार्य र सदस्यहरुमा क्रमश : लक्ष्मी आचार्य, यशोदा आचार्य, कुशुम आचार्य, कमला आचार्य र सरस्वती आचार्य (राई) चयन् भएका हुन् ।

भेलाले बासुदेव आचार्यको संयोजकत्वमा ४ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ । भगवान आचार्य, शारदा प्रसाद आचार्य र बोधप्रसाद आचार्य उक्त सल्लाहकार समितिको सदस्यमा चयन भएका हुन् ।
भेलाले गठित समितिको नियमित बैठक हरेक महिनाको २० गते बस्ने निर्णय समेत गरेको छ । भेलामा नव गठित समितिले समिति निर्माण गर्न सहयोग गर्नुहुने सम्पूर्ण बन्धु बान्धव लाई धन्यवाद ज्ञापन गरेको छ ।

समितिले आजै बस्यो पहिलो बैठक

समितिको आजै बसेको बैठकले ज्येष्ठ नागरिक पुष्पराज आचार्य बैशाख १९ गते भएको दुर्घटनामा परी घाइते हुनुभएकाले शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker